१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रसुवा नाकाबाट सामानको आयात बढ्यो, मंसिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन


104
Shares

काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यभन्दा अठासी प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७८/७९ को मंसिर महिनामा राखेको लक्ष्यको ८८ दशमलव ३९ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद मैनालीका अनुसार मंसिर महिनामा कार्यालयले एक अरब ३ करोड ६९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ  ।

मंसिर महिनामा ५४ करोड ७१ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा ५८ करोड ३५ लाख ७८ हजार रुपैयाँ बढी हो । रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ  जुन चालू आर्थिक वर्षको पाँच महिनामा वार्षिक लक्ष्यको ५४ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।