
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताउनुभएको छ ।
शनिबार कांग्रेसका नवनिर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबैलाई समान व्यवहार गरेर आफूलाई सिंगो कांग्रेसको सभापतिका रूपमा उभ्याउने बताउनुभयाे ।
सभापति देउवाले आफूलाई सबैको मतको कदर भएकाे पनि बताउनुभयो । यसैगरी उहाँले आगामी निर्वाचनबाट कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने चुनौती आफूसामु रहेको भन्दै चुनौतीको समाधान कांग्रेसभित्रको एकताले मात्रै सम्भव भएकाे जिकिर गर्नुभयाे ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभयाे ।
महाधिवेशनबाट १३ पदाधिकारीसहित एक सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्