७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एसीसी अण्डर नाइन्टिन क्रिकेट अन्तर्गत आज नेपाल र श्रीलंका खेल्दै

नेपाल जित्नैपर्ने दबावमा

91
Shares

काठमाडौं । युएईमा जारी एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत दोश्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र खेल्ने श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजेदेखि शारजाँह रंगशालामा सुरू हुनेछ ।

जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा बंगलादेश विरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ ।

यता, श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्य सहित मैदानमा उत्रने छ । श्रीलंकाले पहिलो खेलमा कुवेतमाथि २७४ रनको सानदार जितसहित प्रतियोगिता सुरूआत गरेको थियो ।

नेपाल र श्रीलंका यसअघि सन् २००८ यता पाँच पटक एक अर्काविरूद्ध आमनेसमाने भइसकेका छन् । जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई हराएको थियो ।