१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा पैसा सहयोग गर्न आग्रह


1.235k
Shares

काठमाडौं । जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न आग्रह गरेको छ । सिके राउतले नेतृत्व गरेको पार्टीले विज्ञप्ति जारी गर्दै आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न जनतासँग आग्रह गरेको हो ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले आउँदो निर्वाचनमा विजयी हालि गरी जनता राज स्थापनाका लागि पैसा जरुरी भएको जानकारी दिनुभयो । घर घरमा रोजगारी दिनका लागि तयारी थालिएको भन्दै जनतालाई पैसा दिएर सहयोग गर्न उहााले अनुरोध गर्नुभयो ।