
Web Pic
सिन्धुली । सिन्धुलीको मदन भण्डारी राजमार्गमा मोटसाइकल दुर्घटना हुदँ एक जनाको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्गस्थित दुधौली नगरपालिका १ कुर्थौलीमा बंकाबाट कुर्थौली तर्फ जादै गरेको प्र. ३–०२–००५ प. २२४८ नं. को मोटसाइकल आफै अनियन्त्रित भइ बा. १३ च. १११९ नं. को जिपसँग ठक्कर खादा चालक धनुषा सीरेस्वरनाथ नगरपालिका ३ का १९ वर्षिय रवि कुमार यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भिर घाईते भएका यादवको चन्दनपुर पोलिक्लिनिकमा सामान्य उपचार पश्चात जिल्ला अस्पताल सिन्धुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्