१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभानीको गोलमा म्यानचेस्टर हारबाट जोगियो


130
Shares

काठमाडौं । एडिन्सन काभानीले गोल गरेपछि म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ ।

सोमबार राति युनाइटेडले घरेलु टोली न्यूक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

न्युकासलको मैदानमा काभानीले ७१ औं मिनेटमा गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।

त्यसअघि खेलको सातौं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

बराबरीसँगै म्यानचेस्टर १७ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा रहेको छ । न्यूक्यासल ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।