१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहालको राजनीतिक प्रतिवेदन : वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच मोर्चा बनाउने (पूर्णपाठ)


169
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन पेश गर्नुभयो ।

‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक प्रतिवेदनमा समसामयीक विषयमा पार्टीको धारणा समेटिएको छ । प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने समेटिएको छ ।

प्रतिवेदनमा अध्यक्ष दाहालले पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको औंल्याउनुभएको छ । व्यक्तिवाद हाबी हुँदै जाँदा क्रान्तिकारी रुपान्तरण जटिल विषय बनेको दाहालको निष्कर्ष छ ।

दाहालले ‘खुला र प्रतिस्पर्धाको राजनीतिमा निजी सम्पत्ति छाडेर सामूहिक जीवन पद्धति अँगाल्ने दिशातिर अग्रसर सांस्कृतिक नेता कार्यकर्ताको विकास गर्न सम्भव छ ?’ भनेर प्रश्न समेत उठाउनुभएको छ । उहाँले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रूपमा तीन वटा गल्ती गरेको स्वीकार्दै आत्मसमीक्षा गर्नभएको छ ।

पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उहाँले पहिलो गल्ती ठान्नुभएको छ ।

सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याउनुभएको छ । तर, यसको अर्थ प्रचण्डपथ पुनःस्थापित गर्नुपर्छ भन्ने नभएको पनि उहाँले प्रतिवेदनमा प्रष्टीकरण दिनुभएको छ ।

पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।