१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलारुसका राष्ट्रपति बिश्वकै भ्रष्ट


3.133k
Shares

काठमाडौं । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्रष्ट ब्यक्ति ठहर गरिएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति ठहर गरेको हो ।

ओसीसीआरपीले तयार पारेको सुचीमा बेलारुसका राष्ट्रपति लुकाशेको सहित अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानी, सीरियाका राष्ट्रपति बशर अल असद, टर्कीका राष्ट्रपति रेचेप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्जको नाम सामेल रहेको छ ।

संस्थाका अनुसार ६ जना पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गर्दा लुकाशेन्कोको नाम सर्वसम्मतिले चुनिएको हो ।

लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी रकम दिएको आरोप लगाइनुका साथै हजारौं शरणार्थिलाई भड्काएर यूरोप पठाउन खोजेको आरोप पनि लगाइएको छ । लुकाशेन्कोमाथि कोभिडको फर्जी उपचार र त्यस बारेमा गलत सूचनाना फैलाएको आरोप पनि लगाईएको छ ।