१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पाको स्थानीय कुखुरा पालनमा आकर्षित


104
Shares

पाल्पा । स्थानीय जातको कुखुराले राम्रो मूल्य भएपछि पाल्पाका युवाहरू लोकल कुखुरा पालनमा आर्कषित भएका छन् ।

स्थानीय जातका कुखुराको बजार मूल्य राम्रो भएको, उत्पादन अनुसारको बिक्री भएकोले युवाहरू लोकल कुखुरा पालनमा आर्कर्षित भएका हुन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आर्थिक सहयोग तथा सिफारिसमा स्थानीयले कुखुरा पालन थालेका हुन् ।

जिल्लाको भेटेनरी कार्यालयले कुखुरा पालनका लागि कृषकहरूले आधुनिक खोर निर्माण, तथा प्राविधिक सहयोग गर्दै आएको छ । कुखुरा पालन व्यवसाय सञ्चालन गर्न केन्द्रले प्रतिसमूह ५ लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।

जिल्लाको तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका, रैनादेवी छहरा गाउँपालिकामा व्यावसायिक रूपमै लोकल कुखुरा पालन गरिएको छ । कृषकहरूले सहकारीमार्फत प्रतिघर कम्तीमा ५० वटा स्थानीय जातका कुखुरा पालन गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा पाल्पा जिल्लामा १ करोड ६७ लाख ८८ हजार अण्डा उत्पादन भएको छ । जिल्लामा १ सय ८० वटा व्यावसायिक कुखुरापालन फार्महरू सञ्चालनमा रहेका छन् ।