८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अबको चार/पाँच महिनामा इन्टरनेटको गतिलाई ‘अन्तर्राष्ट्रिय मापदण्डको बनाइने’


0
Shares

काठमाडौं, माघ २१ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी चार/पाँच महिनामा इन्टरनेटको गतिलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने तयारी गरेको जनाएको छ ।

मंगलबार काठमाडौंमा आयोजित डिजिटल नेपालसम्बन्धी छलफल कार्यक्रममा प्राधिकरणका सदस्य चन्द्रमणि चौलागाईंले प्राधिकरणले दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन क्रियाशील रहेको बताए ।

इन्टरनेट उच्चगतिमा विकास गर्नको लागि ‘अक्सन’समेत जारी गरिसकेको भन्दै आगामी चार/पाँच महिनामा अन्तर्राष्ट्रिय मापदण्डको गतिमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले सञ्चार तथा प्रविधिलाई उत्पादनमूलक तथा उद्यमशिलता प्रवर्द्धन गर्न सहयोग पुग्ने किसिमले विकास गर्नुपर्ने बताए ।

नेपाल टेलिकमले सञ्चारको तीव्र विकास गर्ने उद्देश्यसहित ल्याएको ‘फोर जी’ सेवाकोसमेत प्रभावकारिता र गुणस्तरीयतामा कमी आएको भन्दै उपभोक्ताकर्मीहरुले गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिए ।

कम्पनीले प्रतिबद्धता गरेबमोजिम इन्टरनेटको गति तथा क्षमताअनुसारका सेवा उपभोक्ताहरुले नपाएकोप्रति उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।

उपभोक्ता हित संरक्षण मञ्चका सचिव हरिप्रसाद मैनालीले फोरजी सेवामासमेत चलखेल भएको आशंका गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वाधारको विकासमा जोड दिएको भन्दै मध्यपहाडी लोकमार्गमासमेत करिब सात हजार किलोमिटर अप्टिकल फाइबर बिच्छाइसकेको जनाएको छ ।