२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रमा पदाधिकारी बन्न नेताहरुको दौडधुप तीव्र

प्रतिनिधिले उठाएका प्रश्नहरुको आज प्रचण्डले जवाफ दिने

156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो ।

अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड निर्बिकल्प जस्तै देखिएपनि अन्य पदाधिकारीमा भने रस्साकस्सी सुुरु भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी माओवादीमा १५ सदस्यीय पदाधिकारी रहनेछन् । यसका लागि अहिले दुई दर्जन नेताहरुले आकांक्षा राखेका छन् ।

निर्वाचनमार्फत नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरुले दबाब बढाएपनि माओवादी अध्यक्ष प्रचण्ड भने सर्वसम्मत प्रक्रियाबाट पदाधिकारी टुंग्याउने रणनीतिमा हुनुहुन्छ । प्रचण्डले महाधिवेशनमा उठेका विषयहरुमा आज जवाफ दिने कार्यक्रम रहेको छ ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङको विधान मस्यौदामाथि २४ समुहमा छलफल भएको थियो । सबै समूहको प्रस्तुती हिजो सकिएकाले अध्यक्ष दाहालले आज जवाफ दिने कार्यक्रम रहेको छ ।