१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विहानदेखि रोकिएका आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचालु


130
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान सुचालु भएको छ ।

बाक्लो हुस्सु र कुइरोका कारण विहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिबिलिटी बढेसँगै खुलेको हो।

विमानस्थल खुलेसँगै विहानैदेखि विभिन्न देशबाट आएर आकाशमै होल्ड भएर बसेका विमानहरू अवतरण भएका छन् ।

आन्तरिकतर्फ भद्रपुर, पोखरा, विराटनगरका लागि उडान सुरु भइसकेको विमानस्थल प्रशासनले जनाएको छ ।

खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय विमानले काठमाडौंदेखि सिमराको आकाशमै होल्ड हुनुपरेको थियो ।

लामो समय आकाशमै होल्ड भएका तीनवटा विमान बंगलादेशको ढाका र एउटा भारतको कलकत्ता डाइभर्ट गरिएका थिए ।

अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २८ सय र आन्तरिकका लागि २ हजार मिटर भिजिविलिटी आवश्यक हुन्छ ।