१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आइएमई पे’बाट चन्द्रागिरिको टिकट बुकिङ्ग गर्दा ३० प्रतिशत क्यासब्याक


78
Shares

काठमाडौं । ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत् चन्द्रागिरि केबलकारको टिकट बुकिङ्गमा ३० प्रतिशत क्यासब्याक दिने भएको छ ।

चन्द्रागिरि केबलकारको टिकटहरूमा मात्र मान्य हुने यो क्यासब्याकको पुस १४ गतेदेखि १७ गतेसम्म हुने कम्पनीले जनाएको छ । यो अफरम आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।

३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।