
बर्दिया । नेपाली कांग्रेसका सह महामंत्री किश्वर सिंह राठौरले आजको दिनलाई गौरवको दिन भएको बताउनुभएको छ ।
कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस तथा बधाइ तथा शुभकामना कार्यक्रममा गुलरियामा सहमहामन्त्री राठौरले आजको दिन गौरवको दिन भएको बताउनुभयो ।
विगतमा देशको निकास दिन नेपाली कांग्रेसले अहम भूमिका खेलेको स्मरण गर्दै उहाँले कांग्रेसको सदस्यता लिन पाउनु पनि खुसीको कुरा हुने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सञ्जय गौतमले अबका दिनमा जुटेर जनुपर्ने बताउनुभयो । जुटले मात्रै एकताको सन्देश दिने उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्