
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता संसदमा पेश नगर्न खबरदारी सभा गरेको छ ।
काठमाडौंको नयाँबानेश्वर चोकमा मजदुर किसान पार्टीले सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै संसदमा पेश नगर्न दवाव दिएको हो । सभामा नेता प्रेम सुवालले सम्झौता खारेज नभएसम्म आन्दोलन यथावत हुने चेतावनी दिनुभयो ।
नेता सुवालले सम्झौता संसदबाट पारित भए नेपाल भारत तथा अमेरिकी सेनाको परेडस्थल बन्ने र एक सेकेन्डमै ध्वस्त हुने दावी गर्नुभयो । एमसीसी सम्झौता गरेर देशलाई घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने उहाँको भनाइ छ ।
सुवालले श्रीलंकाले एमसीसी सम्झौता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्