
सर्लाही । हरेक वर्ष झैँ यस वर्ष पनि हिउँदे बालीमा रासायनिक मल हाल्ने बेला हुँदा पनि जिल्लाका किसानले मल पाएका छैनन् ।
नेपालमा मलको अभाव हुँदा किसान भारतबाट चोर बाटो हुँदै मल आयात गर्न बाध्य भएका छन् । हिउँदे बाली लगाउने बेलादेखि नै कृषकले पर्याप्त मल पाउन सकेका छैनन् ।
कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले डिलरलाई यस सिजनमा २ पटक २५-२५ बोराको दरले मल वितरण गरिसकेको छ ।
केहीदिन अघि पानी परेपछि किसानले लगाएका बालीमा धमाधम मल हाल्ने बेला भएको छ । तर, बजारमा मलको अभाव छ ।
प्रतिक्रिया दिनुहोस्