२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आगामी निर्वाचनबाट प्रचण्डको पार्टी कोल्याप्स हुन्छ : गोकुल बाँस्कोटा


1.404k
Shares

काभ्रे । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ हुने बताउनुभएको छ ।

अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने बताउनुभयो ।

आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई ३ देखि ५ सिटमा सीमित गरिदिएपछि प्रचण्डको पार्टी कोल्याप्स हुने बाँस्कोटाको दाबी छ ।

‘निर्वाचनपछि तीनदेखि पाँच सिटमा सीमित गरेर जनताले खास साइजमा ल्याउँछन्,’ उहाँले भन्नुभयो, ‘त्यसपछि प्रचण्डको पार्टी कोल्याप्स हुन्छ ।’

प्रचण्डको पार्टी कोल्याप्स भएपछि मात्रै कम्युनिष्ट आन्दोलन शुद्धिकरण हुने र विकास निर्माणले गति प्राप्त गर्ने उहाँको तर्क छ ।

पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तीव्र विकास गरेबापत प्रतिगामीको बिल्ला भिर्नुपरेको गुनासो गर्नुभयो ।