
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।
देउवाले पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदारसहित १० जनालाई मनोनित गर्नुभएको हो ।
मनोनित हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा पौडेलले सभापति बन्न नपाएपछि निर्वाचन पक्रियामा भाग नै लिनुभएको थिएन ।
यता निधि र सिंह सभापतिमा पराजित हुँदा उपसभापतिमा गच्छदार, कोइराला पराजित भएका थिए ।
कांग्रेसको विधानले ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने अधिकार दिएको छ । नेपाली कांग्रेसको १ सय ६७ सदस्सीय केन्द्रीय समितिमध्ये १ सय ३४ सदस्य भने निर्वाचित भएर आउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्