१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत


91
Shares

पोखरा । अंग्रेजी वर्ष २०२१ को बिदाइ गर्दै नयाँ वर्ष २०२२ लाई पर्यटकीय नगरी पोखराको लेकसाइमा सडकबाटै भव्य स्वागत गरिएको छ ।

सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए । पोखरामा नयाँ वर्षको अवसरमा सडक महोत्सव आयोजना गरिएको छ ।

रेस्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सडक महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा सहभागी हुन स्थानीयसहित पोखरा र आसपासका जिल्लासहित काठमाडौं, चितवन, बुटवल, वीरगञ्ज लगायतका सहरबाट हजारौं पाहुना पोखरा आएको रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)ले जनाएको छ ।

पोखरामा थुप्रै भारतीय पर्यटकको पनि उपस्थिति देख्न सकिन्छ ।

पोखरामा हुने सडक महोत्सवका डिसेम्बर ३१ मा सबैभन्दा बढी भीडभाड हुन्छ । महोत्सवमा पाहुनाको थेगिनसक्नु भीड भएको मेला आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले बताउनुभयो ।