
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको थियो । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ । अर्को वैठक पुस २२ गतेका लागि डाकिएको छ ।
त्यस्तै, संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११:३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाउनु भएको थियो ।
आजको वैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ । संसद सुचारु गर्ने विषयमा सरकार र सभामुखले प्रयास गरेपनि सफल हुन सकेको छैन् ।
पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अबरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्