२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीको बिरोध प्रदर्शन जारी

आन्दोलनलाई अझै सशक्त बनाउने बार अध्यक्ष श्रेष्ठको भनाई

572
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीले आन्दोलन गरेका हुन् ।

प्रर्दशनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले आवाज उठाएको बताउनु भयो ।

उहाँले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानून व्यवसायीले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताउनु भयो ।