१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फुटबल स्टार मेस्सीलाई कोरोना


104
Shares

reachest footballer messi ronaldo forbes list

एजेन्सी । फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएपछी उनी होम आइ्सोलेसनमा बसेका छन् ।

यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो । विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछी उनलाई कोरोना संक्रमण भएको बुझिएको छ ।

पीएसजीका म्यानेजर माउरिसियो पोचेटिनोल एक पत्रकार सम्मेलनमा मेस्सी अझै अर्जेन्टिनामा रहेको र उनले कोभिड नेगेटिभ नआएसम्म यात्रा नगर्ने जनाएका छन् ।