१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मछिन्द्र एएफसी कप खेल्ने पक्का


52
Shares

काठमाडौं । मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो ।

मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेको थियो ।

जसअनुसार मछिन्द्र छनोट भएको हो । सातौं चरणको खेल सकिदा मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा १ अंकले अघि रहेको छ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ । अघिल्लो पटक मछिन्द्रको स्थानमा उपविजेता बनेको आर्मीले एएफसी कप खेलेको थियो ।