१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्सामा जाडो बढेपछि शैक्षिक संंस्था बन्द


130
Shares

काठमाडौ । पर्साको जिराभवानी गाउँपालिकाले शीतलहर सुरु भएको भन्दै शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

आजदेखि पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो । वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले जनकल्याणकारी योजना अन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरिएको हो । प्रति ब्यक्ति करिब छ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।