१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु


1.17k
Shares

बर्दिया । जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका ९ कि भुसिया थारूको मृत्यु भएको हो । भारतीय सिमावर्ती दशगजा नजिक बाख्रा चराउन गएको बेला थारुलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट पटक– पटक मानविय क्षति भएपनि सरोकारवालाहरुले हात्ती नियन्त्रणमा चासो नदेखाउँदा सर्वसारधणले त्यसको बिरोध गरेका छन् । जिल्ला प्रहरी कार्यलय बर्दियाले घाँस दाउरा गर्दा र चौपाय चराउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ ।