१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिउँले अवरुद्ध सडक खुलाउन सकस


0
Shares

बागलुङ । गत मंगलबार र बुधबार परेको हिमपातले अवरुद्ध भएको बागलुङको निसीखोला र पूर्वी रुकुम सडक खण्ड अझै खुल्न सकेको छैन ।

बागलुङ तर्फबाट सडक खुलाउन प्रयोग गरिएको डोजर नै हिउँमा फसेपछि समस्या भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभएको छ ।

रुकुम पूर्वबाट हिउँ पन्छाउँदै आएको मेसिन सिमाना नजिकसम्म नआएसम्म सडक खुलाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । बाग्लुङ हुदै रुकुम हिंडेकाहरुलाई वैकल्पिक बाटो प्रयोग गरेर पठाइएको छ ।