१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित


169
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो राती भएको खेलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग १–० गोल अन्तरले पराजित भएको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमै सम्पन्न खेलमा युनाइटेड उल्भ्ससँग १–० ले पराजित भएको हो ।

उल्भ्सलाई जित दिलाउनु खेलको अन्तिम समयको ८२ औं मिनेटमा जोआओ मौटिन्होले गरेको गोल नै निर्णायक बन्यो ।

उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको यो पहिलो जित हो ।

उल्भ्स संगको हारसँगै १९ खेलबाट ३१ अंक जोडेको म्यानचेस्टर युनाइटेड तालिकाको सातौं स्थानमा छ भने उल्भ्स २८ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ ।