
काठमाडौं । तरलता संकट झेलिरहेको बैंकिङ बजारमा यो साता भने कर्जाको तुुलनामा निक्षेप रकममा वृद्धि भएको छ ।
नेपाल बैंकर्स एसोसिएसनले जारी गरेको एक साताको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूको निक्षेप १४ अर्ब रुपैयाँले बढ्दा कर्जा ११ अर्बको लगनी भएको छ ।
विगत केही समयदेखि लगातार रूपमा ओरालो लागेको निक्षेप संकलनमा यो साता भने सामान्य सुधार भएको संघको तथ्याङ्कले देखाएको हो ।
योसँगै पुस ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।
गत सातासम्म कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्