
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर मंगलबार गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ ।
आसन्न फागुनमा बागमतीबाट कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस्