१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरलाई


39
Shares

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा बैतडीलाई ३८ रनले हराउँदै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले दिएको १ सय ९६ रनको लक्ष्य पट्याएको बैतडी १ सय ५७ रनमा अलआउट भयो ।

पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा ८ जिल्लाका टोलीको सहभागिता थियो । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरेर प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिमको टोली बनाइनेछ ।

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुँदैछ ।