
फाइल तस्वीरः एएफपी ।
काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो ।
फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहमा फाइजर खोप लगाउने तयारी गरिएकोमा सिरिञ्ज अभावका कारण खोप अभियान स्थगित भएको थियो ।
खोपका लागि आवश्यक पर्ने घोलक भने यस अघि नै आइसकेको छ । सरकारले सिरिञ्ज आउने वित्तिकै उपत्यका सहित ८ जिल्लामा फाइजर खोप लगाउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्