१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने


52
Shares

एजेन्सी । साविक विजेता नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।

विश्व नम्बर एक जोकोभिचले मंगलबार अष्ट्रेलियन ओपन खेल्ने पुष्टि गरेका छन् । गत वर्ष जोकोभिचले नवौं पटक अष्ट्रेलियन ओपन जितेका थिए । तर, कोभिडको खोप नलगाएको कारण सर्बियन खेलाडीले अष्ट्रेलियन ओपन खेल्ने टुंगो लागेको थिएन ।

अष्ट्रेलियन ओपनले प्रतियोगितामा सहभागिता जनाउन कोभिड खोप अनिवार्य गरेको थियो । अष्ट्रेलियन ओपन जनवरी १७ देखि ३० सम्म मेलबर्नमा आयोजना हुनेछ ।