१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शेखर कोइराला पक्षको बृहत् बैठक बस्दै

पार्टी सभापतिले देखाएको भेदभावको रबैयाप्रति सामूहिक धारणा बनाउने रणनीति

390
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने भएको छ ।

महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू ईतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो ।

सो समूहका नेताहरूबीच हिजो पनि छलफल भएको थियो । सभापति देउवाले आफ्नो समूहलाई बेवास्ता गरेको निष्कर्ष छलफलबाट निकालिएको थियो ।

सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनको टिकट वितरणका क्रम देखाएको रबैयाले पनि उहाँ आफू ईतर समूहलाई पेलरै जाने मुडमा रहेको संकेत गरेको ठहर नेताहरुले गरेका थिए ।

कोइराला समूहको बैठकमा सो समूहबाट पदाधिकारी तथा केन्द्रीय समितिमा चुनाव लडेकाहरुसहित अन्य समर्थकहरूलाई पनि बोलाइएको छ ।