२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक २८ गतेका लागि सर्‍याे


78
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिनुभयो ।

सभामुख अग्नि प्रसाद सापकोटाले पुस २२ बिहीबारका लागि प्रतिनिधि सभा बैठक डाक्नु भएको थियो । अर्काे बैठक पुस २८ गते बुधबार दिउँसाे एक बजे बस्ने सूचनामा उल्लेख छ । स्राेतकाअनुसार नेकपा एमालेकाे आग्रहमा बैठक स्थगित गरिएकाे हाे । एमालले जिल्ला अधिवेशन जारी रहेकाले बैठकमा उपस्थिति हुन समस्या देखापर्ने भन्दै बैठक स्थगित गर्न आग्रह गरेकाे थियाे ।