
काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक अहिले बसिरहेको छ ।
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । त्यसै सन्दर्भमा पौडेलले बुधबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्