
तेह्रथुम । गाउँको विवाहमा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ ।
तर, सेलिब्रेटीहरूले गरे पनि नेपालजस्तो देशमा सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गरेको कमै मात्र सुनिएको/देखिएको छ ।
छथर गाउँपालिका–२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुको विवाहमा हेलिकप्टर चार्टर गरेर बेहुली भित्र्याइएको छ । काठमाडौं थानकोटकी बेहुली सिम्रन शेर्पालाई हेलिकप्टर चार्टर गरि भित्र्याइएको हो ।
काठमाडौंदेखि तेह्रथुमसम्मको भाडा २ लाख ७० हजार परेको परिवारजनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्