
पाँचथर । पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
फालेलुङ गाउँपालिका–७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार साँझ ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागि जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्