
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताउनुभएको छ ।
थापाले देशमा धेरै कुरा बिग्रेको भन्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनुयो ।
विनायक सिद्धी कलेजले काठमाडौंले गरेको कार्यक्रममा उहाँले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनुभयो ।
नेपाललाई योभन्दा धेरैमाथि पु¥याउने संकल्पसहित आफूले अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको उहाँको भनाइ छ ।
महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरूको विरोधमा बोल्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्