१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ए’ डिभिजन लिग : मच्छिन्द्रको अपराजित यात्रा कायमै, मनाङले च्यासललाई हरायो


91
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधिको होडमा रहेको मच्छिन्द्र क्लवले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

लिगका आठौं चरणको खेलमा मच्छिन्द्रले रेलिगेसन जोनमा रहेको फ्रेन्ड्सलाई एक शुन्यको झिनो अन्तरले हराउँदै लिगको शिर्ष स्थानमा कायम राखेको छ । मच्छिन्द्रको जितमा आत्मघाती गोल नै निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्सले आत्मघाती गोल गरेको थियो । खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेका थिए । यो जितपछि मच्छिन्द्रले आठ खेलमा २० अंक बनाएको छ ।

त्यसैगरि जारी लिगमा मनाङ मस्र्याङ्दीले च्यासल युथ क्लवलाई ५–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै मनाङले शीर्ष स्थानको मच्छिन्द्रसँगको अन्तर एक अंकमा झारेको छ । साथै उसले उपाधि होडको यात्रालाई कायमै बनाएको छ ।

पोखरा रंगशालामा भएको खेलमा मनाङका लागि ओलावालेले ह्याट्रिक गर्दा दिनेश राजवंशी र सोमिडको नाममा पनि एक एक गोल रह्यो । यो जितपछि मनाङले आठ खेलमा १९ अंक बनाएको छ । रेलिगेसन जोनमा रहेको च्यासलको आठ खेलमा पाँच अंक छ ।