
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले जित पक्का गरेको हो ।
आर्मीको जितमा दिनेश हेन्जनको निर्णायक बन्यो । दिनेशले खेलको १७औं मिनेटमा गोल गर्दै आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।
आर्मीले लगातार तीन बराबरी खेलेपछि महत्वपूर्ण जित निकालेको हो । जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी लिगको चौंथो स्थानमा रहेको छ ।
एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश चुनिए ।
प्रतिक्रिया दिनुहोस्