
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी तथा आभुषण व्यवसायलाई उत्पादनमुलक क्षेत्रको रूपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले राजस्वको क्षेत्रमा सहयोग पु¥याइरहेको व्यवसायलाई सरकारले उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्न सघाउने प्रतिवद्धता जनाउनु भयो ।
खाँणले सुनचाँदी आयातमा लागेको कोटा प्रणालीका विषयमा सरकारले सोचेर आवश्यक कदम चाल्ने उल्लेख गर्नु भयो । देशभरीका सबै सुनचाँदी व्यवसाय दर्ता भए सुरक्षा दिन सहज हुने भन्दै उहाँले पसल दर्ता गर्न आग्रह गर्नुभयो ।
नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रामप्रसाद विश्वकर्माले कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव तथा सुुन आयातमा लगाइएको कोटाले व्यवसाय जटिल अवस्थामा पुगेको बताउनुभयो ।
महासंघले शनिबारै नयाँ अध्यक्षको रूपमा सुरेन्द्रमान शाक्यलाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्