
काठमाडौं । नेपाल रेलवे कम्पनीले आज देखि ६० जना कर्मचारीलाई तालीम दिने भएको छ ।
कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५० जनाको नियुक्ति खारेज गरी नियुक्त गरेका ६० जना कर्मचारीलाई तालीम दिन लागिएको हो ।
जसमा २६ भारतीय र ३४ नेपाली रहेका छन् । लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट गरी तत्काल ६० कर्मचारीले काम गर्नेछन् ।
प्रत्येक स्टेसनमा एक/ एक टिकट काट्ने कर्मचारी, २२ जना गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारीहरू नियुक्त गरिएको छ ।
यही फागुन भित्र रेल सञ्चालनको तयारि गरीएको नेपाल रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनका लागि शनिबार पुनः परीक्षण समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्