
काठमाडौं । आज विहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा जीपका चालकको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
जिपमा चालक मात्र सवार रहेका थिए । यता, काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बझाङ, फलाराका २४ वर्षीय वसन्त विष्ट रहेका छन् ।
उनको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गएराति बा ४ ख ६८४३ नम्बरको टिपरले ठक्कर दिएको थियो । सोही दुर्घटनामा घाइते भएका बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्