
एजेन्सी । एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । उपाधि दावेदार लिभरपुलले आफ्नै मैदानमा भएको खेलमा श्रिउस्बरी टाउनलाई ४–१ ले पराजित ग¥यो ।
खेलमा श्रिउस्बरीका ड्यानियल उदोले पहिलो गोल गरेपनि लिभरपुलका कैदै गोर्डनले बराबरी गोल गरे । यसपछि फाबिन्होले दुई तथा रोबर्टो फर्मिनोले एक गोल गर्दै लिभरपुललाई विजयी गराए ।
एफ.ए कपकै अर्को खेलमा टोटनह्याम हट्सपरले मोरेक्याम्बेलाई ३–१ ले हराउँदा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडमाथि २–० को जित निकाल्यो ।
वुल्भरह्याम्पटन वान्डरर्सले शेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदा आर्सनल भने नटिङ्घम फरेष्टसँग १–० ले पराजित भयो । गएरातिका अन्य खेलहरुमा विजयी हुँदै स्टोक सिटी, लुटन टाउन, कार्डिफ सिटी र नरिच सिटी पनि एफ.ए कप फुटबलको चौथो चरणमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्