२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाङमा बस दुर्घटना हुँदा एक शिशुको मृत्यु


39
Shares

दाङ । दाङको लमही– भालुवाङ सडक खण्डको सिसहनियाँमा यात्रुबाहक बस दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ । बसमा सवार ९ जना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत बिहारको मोतीहारीका असिर आलकका छोरा रहेका छन् । विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

घाइते सवैको लमही अस्पतालमा उपचार गरेर डिस्चार्ज गरिएको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए । बस अनियन्त्रित भएर २० मिटर तल गएर खसेको थियो । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।