
एजेन्सी । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । हिजो एकै दिन १ लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।
पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३ सय प्रहरीमा कोभिड संक्रमण देखिएको छ । भारतमा दैनिक संक्रममण दर औषतमा ११ प्रतिशत छ ।
भारतका २७ वटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोजलाई तिव्रता दिएको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवालाई पूर्ण खोप लगाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्