
काठमाडौं । कोभिड–१९ को संक्रमण फैलिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको हो ।
सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको एटीएम बुथबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखि स्यानिटाइजरलगायका सामग्रीको व्यवस्था गर्न पनि बैंकले निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी कायम गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्