
Web Pic
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा गएराती तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित दुई जना घाइते भएका छन् ।
प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान अनियन्त्रित भएर नालीमा पल्टिँदा सिराहाको धनगढीमाई नगरपालिका–९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक सिराहाकै सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिराहाको कल्याणपुर नगरपालिका–५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्