
काठमाडौं । आजबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू थालिएको छ । प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ ।
बाघ पहिचानका लागि क्यामेराको प्रयोगदेखि, चारो राख्ने जस्ता काम हुनेछ । त्यसका साथै दुई हात्तीसहित नेपाली सेनाको टोली, डिभिजन वन कार्यालयको टोली, भेटनरी डाक्टरको टोली र सार्प सुटरको टोली जंगलमा खटिएकोत्यसरी बाघको पहिचान भएपछि मात्रै सुटरले बाघलाई डार्ट गर्नेछन् ।
राप्ती गाउँपालिका वडा नं. ४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नं. ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा सुरूमा बाघको खोजी तथा पहिचान गर्ने काम सुरू गर्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले जानकारी दिनुभएको छ ।
पुस २२ र २४ गते दुई दिनको अन्तरमा बाघले त्यसक्षेत्रमा घाँस, दाउराका लागि गएका दुई महिलाको ज्यान लिएपछी बाघको खोजी गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्