
स्याङ्जा । जिल्लाको गल्याङमा एक सहकारी र एक घरमा करिब ७ लाख रुपैयाँको चोरी भएको छ ।
गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।
तल्लो गल्याङ निवासी गोपाल अधिकारीको घरबाट औंठी र सिक्री गरी करिब एक लाख ६५ हजार बराबरको सुन चोरी भएको गल्याङ प्रहरी इन्चार्ज बिमल पौडेलले जानकारी दिनुभयो ।
सहकारीमा रहेको सीसी क्यामेरा फुटेजमा केही व्यक्तिहरूले सहकारीको चाबी फेरेको देखिएको र ती व्यक्तिहरूको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्